Home मुख्य समाचार राष्ट्रिय सहकारी दिवसमा हेटौँडामा रक्तदान

राष्ट्रिय सहकारी दिवसमा हेटौँडामा रक्तदान

रक्तदातालाई व्लडव्याग हस्तान्तरणपछि रक्तदाता र मन्त्री मदुकुमार श्रेष्ठ ।

हेटौँडा : ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज बिहान हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । बागमती प्रदेशस्तरीय मूल समारोह समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष एवम् मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । हेटौँडा–१०, बुद्धचोकमा भएको कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय सहकारी दिवसको अवसरमा हिजो सोमबार अन्तरक्रियाको आयोजना गरिएको थियो भने भोलि मुख्यदिन प्रभातफेरीसँगै सम्मान, पुरस्कार वितरण गर्नुका साथै प्रवचन कार्यक्रम गरिने बताइएको छ ।

Exit mobile version