Home मुख्य समाचार बसको ठक्करबाट पैदल यात्री पुरुषको मृत्यु

बसको ठक्करबाट पैदल यात्री पुरुषको मृत्यु

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, पोखरा बसपार्कमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मंगलबार राती ९ बजेर ५५ मिनेटको समयमा तनहुँबाट दाङ जाँदै गरेको ग १ ख ९९७७ नम्बरको बसले बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बसको ठक्करबाट अन्दाजी ३० वर्षीय पुरुष गम्भिर घाइते भएका थिए । घाइते पुरुषलाई उपचारका लागि चितवन स्थित भरतपुर सरकारी अस्पताल लगिएकोमा राती १० बजेर २५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बस चालक तनहुँ जिल्लाको भानु नगरपालिका–२, का ४७ वर्षीय पुन्ट बहादुर सारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version