Home मुख्य समाचार मोटरसाइकलको ठक्करबाट घाइते हेटौँडा–५ का बृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट घाइते हेटौँडा–५ का बृद्धको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : हेटौँडा–२, मानसचोकमा मंगलबार मोटरसाइकलको ठक्करबाट घाइते भएका हेटौँडा–५ का वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।

यही फागुन ८ गते मानस चोकबाट लोकप्रिय चोकतर्फ जाँदै गरेको बा प्र ०३–०४ प ७४३८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री हेटौँडा–५, सानोपोखराका ७३ वर्षीय बिष्णु खड्का घाइते भएका थिए । मनहरी गाउँपालिका–७, ज्यामिरेका १९ वर्षीय विवश गिरीले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका वृद्धको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार बिहान १०ः२० बजेको समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

Exit mobile version