Home मुख्य समाचार हेटौँडा नेपाल ल्याब सञ्चालनमा 

हेटौँडा नेपाल ल्याब सञ्चालनमा 

हेटौँडा : हेटौँडा-१०, राप्तीरोडमा हेटौँडा नेपाल ल्याब हाउस एण्ड मल्टी स्पेसियालिटी क्लिनिक सञ्चालनमा आएको छ। बिहिबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले ल्याबको उद्घाटन गर्नुभयो । एक महिनाभित्र क्लिनिक पूर्णरुपमा सञ्चालनमा आउने बताइएको छ। 

४ जना सञ्चालक रहेको ल्याबमा करिब ४ करोड रुपैयाँ लगानी रहने बताइएको छ। स्वास्थ्य सेवाबाटै अवकास लिनुभएका एक सञ्चालक बेलप्रसाद खतिवडाका अनुसार ‘ख’ वर्गको प्रयोगशाला सञ्चालन गरिएको हो। 

प्रयोगशालासँगै विशेषज्ञ चिकित्सकद्वारा ओपीडी सेवा, फार्मेसी, युएसजी, इको, इसीजी सेवा समेत प्रदान गरिने सञ्चालक खतिवडले बताउनुभयो। सेवा शुभारम्भको अवसरमा निशुल्क मधुमेह परीक्षण, पूर्णशरीर परीक्षणमा ५० प्रतिशत, अन्य सेवामा पनि ३० प्रतिशत छुटको व्यवस्था गरिएको बताइएको छ। 

Exit mobile version