Home मुख्य समाचार ट्रकको ठक्करबाट मनहरीमा मोटरसाइकलमा सवार निमबहादुरको मृत्यु

ट्रकको ठक्करबाट मनहरीमा मोटरसाइकलमा सवार निमबहादुरको मृत्यु

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । सोमबार बिहान ९ बजेर ५ मिनेटको समयमा मनहरी पुलमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक चितवन जिल्लाको रत्ननगर नगरपालिका–१६, पिठुवाका ५५ वर्षीय रामजी गौतम र मोटरसाइकलको पछाडि सवार पिठुवाकै ५६ वर्षीय निमबहादुर थापा घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका निमबहादुरको उपचारको क्रममा मनहरी अस्पतालमा ९ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक गौतमको खुट्टामा चोट लागेको छ । गौतमलाई उपचारका लागि चितवन रेफर गरिएको छ । प्रहरीले ट्रक र ट्रक चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगन्जका ३९ वर्षीय ओम प्रसाद खनाल प्रहरीको नियन्त्रणमा रहेको छ ।

Exit mobile version