Home मुख्य समाचार मकवानपुरका २५ गुम्बाको मर्मत कार्य सम्पन्न

मकवानपुरका २५ गुम्बाको मर्मत कार्य सम्पन्न

फाइल तस्विर

हेटौंडाः २०७२ सालमा आएको भूकम्पले क्षति पुर्‍याएका मकवानपुरका २५ गुम्बाको मर्मत कार्य सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७६/७७ को बैशाखदेखि असार मसान्तसम्म ती गुम्बाहरुको मर्मत कार्य सम्पन्न भएको हो । भूकम्पले क्षति पुर्‍याएका १, २ र ३ ग्रेडको ४४ गुम्बा मध्ये २५ गुम्बाको मात्रै गत वर्षमा मर्मत कार्य सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मकवानपुरका प्रमुख विमल किशोर केपिले बताउनुभयो ।

सम्पन्न हुनेमा हेटौंडा उपमहानगरपालिका भित्रका १० गुम्बा, थाहा नगरको १, मनहरीको ३, मकवानपुरगढीको ४, भीमफेदीको १, बागमतीको ३, बकैयाको ३ गुम्बाहरु रहेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मकवानपुरका प्रमुख विमल किशोर केपिका अनुसार हेटौंडाको सेर्तुङ गुम्बाको २५ लाखको लागतमा मर्मत कार्य सम्पन्न भएको छ । त्यस्तै ज्याङ छुपलिङ पोतला गुम्बा १० लाखको लागतमा, ङिङपा छयोलिङ गुम्बा ११ लाख २० हजारको लागतमा, पेमा दुपकीलिङ गुम्बा १० लाख २२ हजार, हिग्याल छ्यलिङ गुम्बा १० लाख ८७ हजार, ङेयमा होअइस्हेर गुम्बा ५ लाख ४४ हजार, टसी छ्योपल गुम्बा ५ लाख ४० हजार, बुद्ध मन्दिर संरक्षण समिति १० लाख ८४ हजार, सिच्छेन ङिङ (महायान) गुम्बा ५ लाख ५३ हजार, जिग्तेन शिवा हेथलिंग बौद्ध गुम्बा २७ लाख ३५ हजारको लागतमा मर्मत कार्य सम्पन्न भएको हो ।

मनहरी गाउँपालिकाको साङ्ग हिसे ग्योछोलिङ बौद्ध गुम्बा ९ लाख १० हजारको लागतमा मर्मत कार्य सम्पन्न भएको छ । मनहरीकै टासी फुन्छोक छ्योइलिङ गुम्बा ५ लाख ४३ हजार, साङक छेइफेल गुम्बा २२ लाख ३६ हजार रुपैयाँ लागतमा मर्मत कार्य सम्पन्न भएको छ । मकवानपुरगढीको सङ्दोन पल्री गुम्बाको कुल ५ लाख ३९ हजार रुपैयाँ लागतमा मर्मत कार्य सम्पन्न भएको छ । यस्तै मकवानपुरगढीकै पल उग्र्येन छ्योईलिङ गुम्बा १० लाख ८१ हजार, उग्येन दोङग छ्योग्युरलिङ गुम्बा ११ लाख १६ हजार र टासी देक्षेन छ्योईलिङ गुम्बा ५ लाख ४३ हजारको लागतमा मर्मम कार्य सम्पन्न भएको जनाइएको छ ।
भीमफेदी गाउँपालिकाको एक मात्र उग्र्येन यांग्फल लिंग बौद्ध गुम्बा ११ लाख ५५ हजारको लागतमा मर्मत कार्य भएको छ । यसैगरी थाहा नगरमा रहेको बौद्ध माहायान गुम्बा १० लाख ८१ हजार रुपैयाँमा, बागमती गाउँपालिकाको टासी कर्म छ्योलिङ बौद्ध गुम्बा ११ लाख २३ हजार, बागमतीकै पेमा देछेनलिङ गुम्बा ११ लाख ३१ हजार, टासी छ्योलिङ गुम्बा १० लाख २० हजारको लागतमा, बकैया गाउँपालिकामा रहेको टासी देछेल्लीङ गुम्बा ८ लाख ६० हजार, टासी छोइदेन गुम्बा ११ लाख ११ हजार र देछन तेङ देवा छेम्वो गुम्बा ५ लाख १२ हजार रुपैया“को लागतमा मर्मत कार्य सम्पन्न भएको छ ।

कैलाश गाउँपालिकाको ज्याङछुप उग्र्येन पेमा ठिदेन गुम्बाले भने मर्मत कार्यको लागि गत फागनु १९ गते सम्झौता भएपनि काम हुन सकेन । यस्तै हेटौंडा उपमहानगरपालिमा रहेको ४ गुम्बा, थाहा नगरको ३, भीमफेदीमा रहेको २, मकवानपुरगढी गाउँपालिकामा रहेको ३, मनहरीको २, कैलाशको २ र बागमती गाउँपालिकामा रहेको २ वटा गुम्बाको मर्मत कार्य गत आर्थिक वर्ष २०७६/७७ मा अगाडि बढ्न नसकेको प्रमुख केपिले बताउनुभयो । उहाँका अुनसार ती गुम्बाहरुको नाममा जग्गाको लालपुर्जा नभएको, गुम्बा दर्ता नवीकरण नभएको, अडिट नभएर तथा सम्झौताका लागि आवश्यक कागजातहरु उपलब्ध नभएर तथा ८ वटा गुम्बा मर्मत कार्य हुन नसकी पुनर्निर्माण नै गर्नुपर्ने देखिएकोले ग्रेड परिवर्तन गर्नुपर्ने भएकाले मर्मत कार्य हुन नसकेको प्रमुख केपिले जानकारी दिनुभयो ।

चालु आर्थिक वष २०७७/७८ मा कुल १ सय २३ गुम्बाहरुको पुनर्निर्माण गर्नुपर्ने मध्ये १३ गुम्बाको मात्र पुनर्निर्माण हुने भएको छ । यस्तै जिल्लामा ७ वटा गुम्बा केन्द्रले नै निर्माण गरिदिने भएको छ । जिल्लामा हाल ४४ गुम्बाहरु १, २ र ३ ग्रेडका र ७९ गुम्बाहरु ४ र ५ ग्रेडका रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मकवानपुरका गुम्बा मर्मत कार्यक्रम हेर्ने इन्जिनियर सागर उप्रेतीले जानकारी दिनुभयो ।

Exit mobile version