हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिकाले निःशुल्क जग्गादाता खोजेको छ । गाउँपालिकाको वडा नम्बर–३ स्थित छतिवनमा निर्माणाधीन दश शैय्याको आधारभूत अस्पतालको कम्पाउण्ड वाल निर्माणका लागि जग्गा आवश्यक रहेकाले ईच्छुक जग्गादाता खोजेको हो ।
अस्पताल बनाउने क्रममा प्राविधिक मापदण्डअनुरुप कम्पाउण्ड वाल बनाउन जग्गा अपुग भएपछि दातालाई अनुरोध गरेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो । अस्पतालसँग जोखिएको कम्तिमा १ रोपनी २ आना जग्गा प्राप्त गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । ईच्छुक व्यक्तिले १५ दिनभित्र नियमानुसार निवेदन, जग्गादाताको नागरिकताको प्रतिलिपिसहित गाउँपालिकामा सम्पर्क गर्न जानकारी गराइएको छ ।