हेटौँडाः बागमती प्रदेश सरकारले विभिन्न कार्यक्रम आयोजना गरी ३ दिन शहिद दिवस मनाउने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शहिद दिवस मनाउन मुल समारोह आयोजक समिति समेत गठन गरी तयारी थालेको छ ।

आगामी माघ १६ गते शहिद दिवसको अवसरमा मन्त्रालयले १४, १५ र १६ गते ‘तीन दिन’ विशेष कार्यक्रम सञ्चालन गर्ने ािर्णय गरेको हो । मन्त्रालयको सोमबार मन्त्रालयमा बसेको सरोकारवाला निकायको बैठकले शहिद दिवसको अवसरमा माघ १४, १५ १६ गते प्रदेश मन्त्रालय÷ कार्यालयहरु र सार्वजनिक स्थानको विशेष सरसफाई गर्ने निर्णय गरेको छ भने नगर क्षेत्र सरसफाईको कार्य हेटौंडा उपमहानगरपालिकालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

माघ १६ गते साँझ प्रदेश स्थित सबै मन्त्रालय, कार्यालयहरु, सार्वजनिक एवम् सामुदायिक संघ संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायले दिपावली गर्ने र सो कार्यका लागि नागरिकलाई समेत अनुरोध गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी प्रवक्ता मनुका घिमिरेले जानकारी दिनुभयो । हेटौंडाको बुद्ध चोक, बसपार्क र प्रदेशभर सबै सार्वजनिक निकायमा राष्ट्रिय झण्डा फहराउने,, मन्त्रालयका निकायहरुले आफ्नो वेवसाइटको होमपेजमा ‘शहिद दिवस, २०८१’ लेखिएको व्यानर देखाउने निर्णय गरेको छ ।

उक्त अवसरमा माघ १४ गते स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गने, प्रदेशभरका सम्पूर्ण विद्यालयमा नियमित शैक्षिक क्रियाकलापका अतिरिक्त शहिदहरुको विषयसंग सम्बन्धित निबन्ध प्रतियोगिता सञ्चालन गर्ने, माघ १६ गते विहान ७ः३० बजे हेटौंडा ११ स्थित सहिद स्मारक प्रवेशद्वारमा भेला भई प्रभातफेरी गरी शहिद स्मारकमा मूल समारोह कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको उहाँले बताइन् ।