Home मुख्य समाचार कैलाशबाट मनहरी आउँदै गरेको बोलेरो गाडीमा गाँजा बरामद, गाडी छाडेर भाग्नेलाई प्रहरीले...

कैलाशबाट मनहरी आउँदै गरेको बोलेरो गाडीमा गाँजा बरामद, गाडी छाडेर भाग्नेलाई प्रहरीले पक्रन सकेन

प्रहरीले नियन्त्रणमा लिएको लागूऔषध गाँजा र बोलेरो गाडी ।

हेटौँडा ः मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान ७ बजेको समयमा मकवानपुरको कैलाश गाउँपालिकाबाट मनहरी गाउँपालिकातर्फ आउँदै गरेको बा १० च ७७५८ नम्वरको बोलेरो गाडीबाट २ सय १२ किलोग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका–५, चैनपूरमा बोलेरो पिक गाडीलाई नियन्त्रणमा लिएको हो । प्रहरीकाअनुसार बोलेरोमा सवार २ जना भने प्रहरीलाई देखेपछि गाडी छाडेर फरार भएका छन् । फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गर्न सकेन । फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version