Home मुख्य समाचार नाबालिकालाई बलात्कार गर्ने बकैयाका युवकलाई जन्मकैद

नाबालिकालाई बलात्कार गर्ने बकैयाका युवकलाई जन्मकैद

हेटौंडाः छोरी नाता पर्ने बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई जन्मकैद गर्ने फैसला सुनाएको छ । अदालतले युवकलाई सात लाख रुपैयाँ जरिवाना र ५ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको सोमबार बसेको इजलाशले मकवानपुरको बकैया गाउँपालिका–५ का २८ वर्षीय युवकले १० वर्षीया छोरीलाई पटक÷पटक बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । छोरीलाई विगत दुई वर्षदेखि बाबुले बलात्कार गर्दै आएको फैसलामा उल्लेख गरिएको छ ।

छोरीलाई बलात्कार गरेको देखेपछि आमाले २०८० कात्तिक १ गते बाबुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा प्रहरीले युवकलाई पक्राउ गरी हाडानाता जबर्जस्ती करणीमा अदालतमा मुद्दा दर्ता गर्दै जन्मकैदको माग दाबी गरेको थियो । अदालतद्वारा जन्मकैद तोकिएका युवक क्षेत्रीय कारागार भीमफेदीमा थुनामा छन् । फौजदारी ऐनअन्तर्गत जन्मकैद भनिएको २५ वर्ष कैद बस्नु पर्ने व्यवस्था गरिएको छ ।

Exit mobile version