Home मुख्य समाचार स्कुटर पल्टँदा घाइते भएका तिमल्सिनको उपचारको क्रममा मृत्यु

स्कुटर पल्टँदा घाइते भएका तिमल्सिनको उपचारको क्रममा मृत्यु

हेटौँडाः सिन्धुली जिल्लाको बाह्रबिसे नगरपालिका–९, राम्चेमा अनियन्त्रित भई स्कुटर पल्टँदा घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । गत सोमबार राती ९ बजेर ५५ मिनेटको समयमा राम्चे स्थित भित्री सडकखण्डमा बाह्रबिसेबाट राम्चे तर्फ जाँदै गरेको बा प्र ०२–०२५ प ८०७९ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टँदा २ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

स्कुटर पल्टँदा चालक १५ वर्षीय रेहन तिमल्सिना र पछाडी सवार बलेफि गाउँपालिका–३, धुस्कोट घर भई हाल राम्चे बजार बस्ने १७ वर्षीय सन्दिप तामाङ घाइते भएका थिए । घाइते दुवैको बाह्रबिसे अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल काठमाडौ लगिएको थियो । उपचारको क्रममा चालक तिमल्सिनाको आइतबार दिउँसो १२ बजेर ५५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकरी दिएको छ । स्कुटरको पछाडी सवार तामाङको सोहि अस्पतालमा उपचार भईरहेको ।

Exit mobile version