Home मुख्य समाचार १०१ किलो लागूऔषध गाँजासहित कुर्मी पक्राउ

१०१ किलो लागूऔषध गाँजासहित कुर्मी पक्राउ

लागूऔषध गाँजासहित पक्राउ परेका राजन राउत कुर्मी ।

हेटौँडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ५ बजेर ३० मिनेटको समयमा रातोमाटे चेकपोष्टबाट सवारी साधन रोकी सुरक्षाजाँच गर्दा चितवनबाट वीरगंजतर्फ जाँदै गरेको डिएल १३ सि १५६१ नम्बरको भारतीय कारबाट १०१ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले लागूऔषध गाँजासहित पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२६, अठराह सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाई पक्राउ गरेको छ । लागूऔषध गाँजासहित कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version