Home मुख्य समाचार मन्दिर बाहिरै भक्तजन

मन्दिर बाहिरै भक्तजन

मन्दिर बाहिरबाट दर्शन गर्दै भक्तजन

हेटौडाः लकडाउनका कारण हेटौंडा–४, हुप्रचौरस्थित भुवनेश्वर महादेव मन्दिर बन्द रहदा यस वर्षको साउन महिनाको पहिलो सोमबार भक्तजनले मन्दिर परिसर बाहिरबाटै पुजा गरेका छन् । मन्दिरको मूलगेट बन्द गरिएको छ । मन्दिर प्रवेशमा रोक लगाइए पनि भक्तजनहरुबीच भौतिक दूरी कायम गराउने प्रयास भने भएको छैन । सुरक्षाकर्मी मन्दिरको मूलगेट लगाएर मन्दिर परिसर भित्र बसेका थिए ।

हिन्दु धर्मावलम्बीहरुले साउन महिनामा भगवान शिवलाई आस्थाका साथ पुजा अर्चना गर्ने गर्दछन् । सोमबार बिहान स्नान गरेर शिव मन्दिरमा पुजा अर्चना गर्नुका साथै व्रत बस्ने परम्परा पनि रहेको छ ।

Exit mobile version