हेटौंडाः हेटौंडा–४, स्थित भूटनदेवी माध्यमिक विद्यालयमा अध्ययनरत् छात्रा अन्जली मैनालीको डेङ्गु र निमोनियाका कारण मंगलबार राति मृत्यु भएको छ । कक्षा–४ मा अध्ययनरत् मैनालीको चितवनमा रहेको सिएमसी अस्पतालमा उपाचारको क्रममा निधन भएको भूटनदेवी माध्यमिक विद्यालयका शिक्षक भरत पोखरेलले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि १५ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । मैनालीलाई डेङ्गु संक्रमणपछि निमोनिया भएको र फोक्सो खराब भएको डाक्टरले पुष्टि गरिएको थियो । विद्यार्थी मृत्यु भएको शोकमा बिहीबार भूटनदेवी माध्यमिक विद्यालयले पठनपाठन र प्रशासनिक कार्य बन्द समेत गरिएको पोखरेलले जानकारी दिनुभयो ।