Home मुख्य समाचार लायन्सको क्याबिनेट बैठक हेटौँडामा हुँदै

लायन्सको क्याबिनेट बैठक हेटौँडामा हुँदै

हेटौँडाः सामाजिक सेवाका लागि स्थापित अन्तर्राष्ट्रिय संस्था लायन्स इन्टरनेशनल डिष्ट्रक्ट ३२५ एस नेपालको क्याबिनेट बैठक पर्सी शनिबार हेटौँडामा बस्ने भएको छ । लायन्स क्लबको डिष्ट्रिक्ट बैठक हरेक ३ महिनामा बस्ने गरेको छ । मकवानपुरसहित काठमाडौं, ललितपुर, बारा र पर्सा जिल्लाका लायन्स क्लबहरुको छाता संस्था लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालको गभर्नर हेटौँडाकै टासी डोल्मा तुङ्बाहाम्फे हुनुहुन्छ ।

नियमित बैठकको रुपमा लायन्स इन्टरनेशनलले पछिल्लो तीन महिनाको कामको समीक्षा गर्नुका साथै आगामी तीन महिनाको योजना तय गर्ने लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालका जनसम्पर्क प्रमुख जेपी यादवले जानकारी दिनुभयो । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालमा मकवानपुरसहित ५ जिल्लाका १ सय १९ वटा लायन्स क्लबमा २ हजार २ सय भन्दा बढी सदस्य छन् । हेटौँडामा क्याबिनेट बैठकको स्थानीय आयोजकको रुपमा एरिया–२ रहेको यादवले बताउनुभयो । एरिया–२ को संयोजक यादव नै हुनुहुन्छ ।

क्याबिनेट बैठकअघि शुक्रबार प्रि–क्याबिनेट बैठक हुने उहाँले बताउनुभएको छ । क्याबिनेट बैठकको तयारी अन्तिम चरणमा रहेको र ४ जिल्लाबाट आउने लायन्स क्लबका पदाधिकारी, सदस्यहरुलाई मकवानपुरका पर्यटकीय क्षेत्रको भ्रमण समेत गराइने यादवले बताउनुभएको छ । पछिल्लो ३ महिनामा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपाल माहतका क्लबहरुले गत असोज १०, ११ र १२ गतेको वर्षाका कारण बाढीपहिरो पीडितलाई राहत वितरणमा उल्लेखनीय कार्य गरेको बताइएको छ ।

Exit mobile version