Home मुख्य समाचार हेटौँडा–१२ मा उपनिर्वाचनः काँग्रेसबाट तिवारीको उम्मेदवारी दर्ता

हेटौँडा–१२ मा उपनिर्वाचनः काँग्रेसबाट तिवारीको उम्मेदवारी दर्ता

हेटौँडाः यही मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । २०७९ को निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहनुभएका कांग्रेसका अर्जुन प्रसाद तिवारीले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

तिवारीले सुदर्शन प्रसाद लामाको प्रस्ताव र सरन बहादुर घलेको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो। तिवारी २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ललित घलानसँग ३१ मतको अन्तरले पराजित हुनुभएको थियो। २०७९ मा भएको निर्वाचनमा तिवारीले १ हजार ३४० मत पाउनुभएको थियो।

तिवारी २०७४ को निर्वाचनमा समेत निकटतम प्रतिद्वन्द्वी रहनुभएको थियो। २०७४ को निर्वाचनमा पनि घलानले चुनाव जित्दा तिवारी दोस्रो स्थानमा रहनुभएको थियो ।

Exit mobile version