Home मुख्य समाचार मुख्यमन्त्री लामाको सय दिनः प्रतिपक्ष असन्तुष्ट

मुख्यमन्त्री लामाको सय दिनः प्रतिपक्ष असन्तुष्ट

हेटौँडाः वागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको सय दिने कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै मूख्यमन्त्री बहादुरसिंह लामालाई ज्ञापनपत्र बुझाएको छ ।

हेटौँडास्थित कार्यालयमा बुधबार मूख्यमन्त्री कार्यालय, पूर्व मूख्यमन्त्री तथा वागमती प्रदेशसभा सदस्य शालिकराम जम्मकट्टेल, प्रेमबहादुर पुलामी छिन्तु, कुमारी घिसिङ लगायतका प्रदेश सभा सदस्यहरुले विभिन्न ८ बुँदे माग राखी ज्ञापनपत्र बुझाएका हुन् ।

बागमती प्रदेश सरकार जनताको भावना विपरित स्वेच्छाचारी ढंगले चलेको उहाँले आरोप लगाउनुभयो । सरकारको सय दिन अर्थात आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति ६.५ प्रतिशत मात्रै हुनुले सरकार आफ्नो काममा केन्द्रित नभएको माओवादीको ठम्याई छ । उसले सरकारलाई नबरालिन र आफ्नो कर्तव्यमा केन्द्रित भई प्रदेश र प्रदेशवासीको हितमा काम गर्न गम्भीर ध्यानाकर्षण पनि गराएको छ । माओवादीले वर्तमान गठबन्धनको सरकारको कामप्रति जनता चरम निराशामा परेको उल्लेख गर्दै युवापंक्ती दिनानुदिन विदेशिने दर बढिरहेको भन्दै चिन्ता पनि व्यक्त गरेको छ ।

माओवादीले गत असोज ११ र १२ गते आएको वर्षा र बाढिपहिरोबाट प्रदेशमा धेरै धनजनको क्षति भएको र उद्दार, राहत र पूनर्निर्माणका सवालमा भएको सर्वदलीय सहमति कार्यान्वयन नभएकोले उक्त निर्णयको कार्यान्वयन, योजनाबद्ध विकास निर्माण, सेवा प्रवाह, सहकारी समस्या लगायतका महत्वपूर्ण मागहरु समावेश गरी सरकारलाई ज्ञापनपत्र बुझाएको उल्लेख गरेको छ ।

Exit mobile version