Home मुख्य समाचार आइचर गाडी अनियन्त्रित हुँदा सहचालक बिजयको मृत्यु

आइचर गाडी अनियन्त्रित हुँदा सहचालक बिजयको मृत्यु

हेटौँडाः दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–९, पैरे चौउरमा आइचर गाडी आफै अनियन्त्रित भई सडकबाट खस्दा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय बिजय तामाङ रहेकोे बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मंगलबार सिन्धुपाल्चोकबाट भिमेश्वर नगरपालिका–९, चित्रेमा कुखुराको मल लिएर आउँदै गरेको बा ५ ख ५७३ नम्बरको आइचर गाडी आफै अनियन्त्रीत भई सडकबाट एक सय मिटर तल खसेको थियो । दुर्घटनामा चालक चित्रेका ३१ वर्षीय शंकर तामाङ र सह–चालक बिजय दुबै जना बेहोस भएका थिए । सह–चालक बिजयलाई होस आई उपचारका लागि च्छो–रोल्पा अस्पताल चरिकोट लगिएकोमा डाक्टरले बाटोमा नै मृत्यु भएको भनि घोषणा गरेको प्रहरीले जनाएको छ । चालक संकरको अवस्था मध्यम रहेकोले प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

Exit mobile version