Home मुख्य समाचार बस दुर्घटनामा ३५ जना यात्रु घाइते

बस दुर्घटनामा ३५ जना यात्रु घाइते

हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७, रमनटार समीडाँडामा बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । मंगलबार बिहान ४ बजेको समयमा काठमाडौँबाट महोत्तरी जाँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये २८ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको छ । जसमध्ये १३ जनाको अवस्था मध्यम र १५ सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मनहरी अस्पतालमा तीन जना र हेटौँडा अस्पतालमा चार जना घाइतेको उपचार भइरहेको छ । हेटौँडा अस्पतालमा उपचार गरिरहेको घाइतेको सामान्य उपचार पश्चात् डिस्चार्ज भई गन्तव्य तर्फ गएको प्रहरी जनाएको छ ।

Exit mobile version