Home खेलकुद भेट्रान्स साइकल दौडमा थापा प्रथम

भेट्रान्स साइकल दौडमा थापा प्रथम

प्रतियोगिताका विजेतालाई पुरस्कार वितरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडाः मकवानपुर जिल्लास्तरीय भेट्रान्स साइकल दौडमा हेटौंडा–१७ हटियाका प्रदीप थापा क्षेत्री प्रथम हुनु भएको छ । शनिबार हिमालयन राइडर्स सोसाइटीको आयोजना तथा हेटौंडा–५, स्थित हेटौँडा सिटी कलेजको प्रायोजनमा भएको दोस्रो संस्करणको साइकल दौडमा ३१ मिनेट ३४ सेकेण्डमा १५ किलोमिटरको निर्धारित दुरी पूरा गर्दै थापा प्रथम हुनु भएको हो ।

यस्तै प्रतियोगितामा हेटौंडा–६, चौघडाका दुर्गा प्रसाद लामिछाने द्वितीय हुनु भएको छ । लामिछाने ३२ मिनेट ५ सेकेन्डमा १५ किलोमिटरको निर्धारित दुरी पूरा गर्दै द्वितीय हुनु भएको थियो भने हेटौँडा–१७ हटियाका हरिशरण थापा क्षेत्री ३२ मिनेट ३९ सेकेण्डमा निर्धारित दुरी पूरा गर्नुहुँदै तृतीय हुनु भएको हो । यस्तै हेटौंडा–७ का दामोदर ढुंगाना ३३ मिनेट २० सेकेन्ड र सुरज लिम्बु निर्धारित दुरी ३४ मिनेट १६ सेकेन्डमा पूरा गर्दै सान्त्वना हुनु भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ३ हजार रुपैयाँ, २ हजार सय रुपैयाँ, १ हजार ५ सय रुपैयाँ र १ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ६६ वर्ष उमेरका ज्येष्ठ नागरिक चेतनाथ आचार्यले प्रोत्साहन स्वरुप १ हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगितामा ३० जनाको सहभागिता रहेको थियो ।

Exit mobile version