Home मुख्य समाचार बागमती प्रदेशसभाको चौधौं अधिवेशन अन्त्य

बागमती प्रदेशसभाको चौधौं अधिवेशन अन्त्य

प्रदेश सभाको चौधौं अधिवेशन अन्त्यसम्बन्धी जानकारी गराउन प्रदेश प्रमुखको कार्यालयले बुधबार जारी गरेको विज्ञप्ति ।

हेटौँडाः बागमती प्रदेश सभाको जारी चौधौं अधिवेशन बुधबार राती ११ बजेर ५९ मिनेटको समयदेखि अन्त्य हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको चालु अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो ।

प्रदेश राजधानी हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८१ साल असोज १६ गते बुधबार राती ११ः५९ बजेदेखि प्रदेश सभाको चालु चौधौं अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ । प्रदेश सरकारको मंगलबार बसेको बैठकले प्रदेश सभाको चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

Exit mobile version