Home मुख्य समाचार धादिङको रुम्टाटारमा बेपत्ता गौरवको शव चितवनको केराबारीमा भेटियो

धादिङको रुम्टाटारमा बेपत्ता गौरवको शव चितवनको केराबारीमा भेटियो

सांकेतिक तस्वीर ।

हेटौँडाः धादिङ जिल्लाको गल्छी गाउँपालिकाको रुम्टाटारमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २७ वर्षीय गौरव बम्जन लामाको शव चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९, केराबारीस्थित त्रिशुली नदी किनारमा भेटिएको छ ।

गत आइतबार बेपत्ता भएका गौरवको शव बुधबार बिहान ९ बजे भेटिएको हो । गौरवका बुबाले शव सनाखत गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

Exit mobile version