Home मुख्य समाचार राष्ट्रिय युवा संघ मकवानपुरको अध्यक्षमा नगरकोटी

राष्ट्रिय युवा संघ मकवानपुरको अध्यक्षमा नगरकोटी

राष्ट्रिय युवा संघ मकवानपुरको अध्यक्षमा राजेश नगरकोटी

हेटौंडाः नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मकवानपुरको अध्यक्षमा राजेश नगरकोटी चयन हुनुहुनुभएको छ । हेटौंडामा सम्पन्न संघको दशौँ अधिवेशनबाट नगरकोटी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

नगरकोटीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति बनेको छ । समितिको उपाध्यक्षमा पृतम राना, सचीवमा सबिन लामा, उपसचिवमा आशिष थापा, सुदिप थापा र कोषाध्यक्षमा विश्वराज विकल चयन हुनुभएको छ। नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

Exit mobile version