Home मुख्य समाचार जन्मदिनको अवसरमा मकवानपुरका दुई सञ्चारकर्मीद्वारा शैक्षिक सामग्री वितरण

जन्मदिनको अवसरमा मकवानपुरका दुई सञ्चारकर्मीद्वारा शैक्षिक सामग्री वितरण

शैक्षिक सामग्री वितरण गर्दै वरिष्ठ पत्रकार प्रताव विष्ट (बायाँ), सञ्चार कर्मी थिङ (दायाँ)

हेटौँडाः मकवानपुरका दुई जना सञ्चारकर्मीहरुले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ । वरिष्ठ पत्रकार एंवम पत्रकार महासंघका बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट र तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष सन्देश थिङले जन्मदिनको अवसरमा शैैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।

वरिष्ठ पत्रकार विष्टले आफ्नो ६४ औं जन्मदिनको अवसरमा वनकरीया समुदायका ३५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । उहाँले मकवानपुरको मनहरी गाउँपालिका–४ हाडिखोलाका लोपन्मुख वनकरीया जातिलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो । विष्टले जन्मदिनको अवसरमा बालकालिकाहरुलाई शैक्षिक सामग्रीका साथै खेलका लागि क्यारिमबोर्ड समेत वितरण गर्नुभएको छ । वरिष्ठ पत्रकार विष्ट हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष, केशव लाल समृति प्रतिष्ठाका अध्यक्ष एंवम विभिन्न सस्थामा आवद्ध हुनुहुन्छ ।

यस्तै तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष थिङले पनि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्नु भएको छ । उहाँले शुक्रबार आफ्नो २८ औं जन्मदिनको अवसरमा मनहरी–२, भुन्द्रुङ्गटांडीमा रहेको सीता माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्नुभएको हो । थिङले १ देखि ५ कक्षासम्मका करिब २ सय विद्यार्थीलाई कापी र सामुहिक रुपमा खेल्नका लागि २ थान फुटबल हस्तान्तरण गर्नुभएको छ । थिङ सोही विद्यालयको पुर्व विद्यार्थीसमेत हुन् । पढ्नकै लागि पर्सा जिल्लाको सिमाना मनहरीको भिमानदेखि करिब ३ घण्टा हिँडेर आउनुपर्ने आफैं कक्षा ८ सम्म पढेको माविमा अध्ययनरत विद्यार्थी लक्षित गरी सामाग्री हस्तान्तरण गर्नुभएको थिङले बताउनुभएको छ । कार्यक्रम विद्यालयका प्रधानाध्यापक दुध लाल घलानको सभाध्यक्षता तथा मनहरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजकुमार पाख्रिनको प्रमुख आतिथ्यता भएको हो ।

Exit mobile version