Home मुख्य समाचार हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै

हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै

हेटौंडा उपमहानगरपालिका ।

हेटौँडा: विशेष नगरसभा बोलाउने गरी हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक आज मंगलबार दिउँसो बस्दैछ। यसअघि काँग्रेस सम्बद्ध नगर उपप्रमुखसहित वडाध्यक्षहरुले बैठक वहिष्कार गरेका कारण विशेष नगरसभा बोलाउने गरी बसेको बैठक नगरप्रमुख मीनाकुमारी लामाले एकतर्फी रुपमा स्थगित गर्नु भएको थियो। 

आज दिउँसो २ बजेका लागि कार्यपालिकाको बैठक बोलाइएको एक कार्यपालिका सदस्यले जानकारी दिएका छन्। आज बोलाइएको बैठकमा काँग्रेस सम्बद्ध कार्यपालिका सदस्य पनि सहभागी हुने बताइएको छ। चालु आर्थिक वर्षका लागि उपमहानगरपालिकाले अस्वभाविकरुपमा राजश्वको दर बढाएको भन्दै नगरवासी र व्यवसायी आन्दोलित छन्। उपमहानगरपालिकाले राजश्वको दर साविकमै कायम राख्न व्यवसायीसँग सहमति समेत गरिसकेको छ। व्यवसायीसँग सहमति गर्नुअघि नगरसभाको बहुमत सदस्यले विशेष नगरसभाको माग गर्दै उपमहानगरपालिकामा निवेदन दिएका थिए। 

Exit mobile version