Home मुख्य समाचार मोटरसाइकल दुर्घटनामा बागमतीका बजुको मृत्यु, गोलेको अवस्था गम्भीर

मोटरसाइकल दुर्घटनामा बागमतीका बजुको मृत्यु, गोलेको अवस्था गम्भीर

हेटौँडाः हेटौँडा–सिन्धुली मदन भण्डारी राजमार्गमा मकवानपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको बागमती गाउँपालिका–४ का २२ वर्षीय प्रविण बजुको मृत्यु भएको छ । दुर्घटनामा परी बागमती गाउँपालिका–५ का २१ वर्षीय भेषबहादुर गोले गम्भीर घाइते छन् ।

गोलेले चलाएको बा प्र ०३–००५ प ९८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शुक्रबार दिनको ४ बजेको समयमा सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–२, रतनपुरमा दुर्घटना भएको थियो । दुर्घटना परी गम्भीर घाइते भएका बजु र गोलेलाई उपचारका लागि हेटौँडा ल्याइएको थियो । हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारको क्रममा बजुको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । गम्भीर घाइते गोलेको चितवन जिल्लास्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version