Home मुख्य समाचार खोलाले बगाएर बकैयाकी तितुङ बेपत्ता

खोलाले बगाएर बकैयाकी तितुङ बेपत्ता

तस्बीर गुगल ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–६ स्थित कैलेनी खोलाले बगाएर एक महिला बेपत्ता भएका छन् । आइतबार बकैया–६ स्थित जस्पलकी ४२ वर्षीय नानीमाया तितुङ उक्त खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

आइतबार दिउँसो १२ बजेको समयमा तितुङ बाराको निजगढ नगरपालिका–१०, लालस्थित रहेको आफ्नै पसलबाट घर फर्कने क्रममा कैलेनी खोलाले बगाएको हो । खोला तर्ने क्रममा एक्कासी पानीको बाहव बढेर बाढी आउँदा तितुङ बगाएर बेपत्ता भएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय निजगढमा खबर गरेका थिए ।

तितुङलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षकको कमाण्डमा सशस्त्र प्रहरीसहितको टोली खटेर खोजतलास सुरु गरेको जनाएको छ । सोमबार पनि तितुङको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Exit mobile version