Home स्वास्थ्य होल्डिङ सेन्टरबाट २४४ ले लिए सेवा

होल्डिङ सेन्टरबाट २४४ ले लिए सेवा

हेटौडाः हेटौडा–१०, स्थित वनबिज्ञान क्याम्पसको शैक्षिक भवनमा संञ्चालनमा रहेको होल्डिङ सेन्टरबाट आजसम्म २४४ जनाले सेवा लिएका छन् । गएराति आएका १७ जना सहित होल्डिङ सेन्टरले २४४ जनालाई सेवा दिएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो । आज होल्डिङ सेन्टरबाट १७ जनालाई स्थाानिय तहले निमार्ण गरेको क्वारेनटाइनमा पठाइएको छ ।
उनीहरुमध्ये ४ जनालाई बकैया गाउँपालिका, १ जनालाई बागमति गाउँपालिका,१ जनालाई मकवानपुरगढी गाउँपालिका, १ जनालाई भीमफेदी,१ जनलाई इन्द्रसरोवर र ९ जनालाई हेटौडामा पठाइएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजि श्रेष्ठले जानकारी दिनुभयो । उनिहरु गए राति कुबेत, मलेसिया र कोरिया बाट होल्डिङ सेन्टर आइपुगेका थिए ।

Exit mobile version