Home खेलकुद जोन स्मृति फुटबलः सेमिफाइनल खेल वर्षाले प्रभावित

जोन स्मृति फुटबलः सेमिफाइनल खेल वर्षाले प्रभावित

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको जोन राना मगर स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनल चरणको दुई खेल वर्षाको कारण प्रभावित भएको छ । शनिबार हुने भनिएको सेमिफाइनल चरणको खेल वर्षाको कारणले प्रभावित भएको हो ।

गाउँपालिकाको वडा नम्बर ६ स्थित जोगिताल खेल मैदानमा पहिलो सेमिफाइनल खेलमा फाइनल प्रवेशका लागि सयपत्री ‘बी’ र रमनटार एफसीबीच प्रतिस्पर्धा भएको थियो । पहिलो हाफसम्मको खेल चलिहरँदा भारी वर्षाको कारणले चौरमा समस्या आएर खेललाई बीचमा स्थगित गर्नुपरेको आयोजक सयपत्री क्लबले जनाएको छ ।

अब सेमिफाइनल चरणको दुबै खेल आज आइतबार हुने बताइएको छ । सेमिफाइनल खेल सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल प्रतिस्पर्धीको टुंगो लाग्नेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत खेलाडीहरु उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, हाइ स्कोरर, उत्कृष्ट फरवार्डलगायतका खलाडीहरुले २ हजार रुपैयाँ नगद राशिसहित ट्रफी प्राप्त गर्नेछन् ।

Exit mobile version