हेटौंडाः हेटौंडा अस्पतालले लिएको अन्तरवार्तामा सफल भएका उम्मेदवारहरुले ७ दिनभित्र अस्पतालबाट नियुक्तिपत्र लिन सकिने व्यवस्था मिलाएको छ । बुधबार हेटौंडा अस्पतालले एक सूचना जारी गर्दै ७ दिनभित्र अस्पतालमा करार सम्झौतामार्फत् नियुक्ति लिनको लागि अस्पताल प्रशासन शाखामा सम्पर्क गर्न सूचित गरेको छ ।
अस्पतालले साउन २३ गतेदेखि २८ गतेसम्म अन्तरवार्ता लिएको थियो । अस्पताल प्रशासनले उक्त अन्तरवार्ताको नतिजा साउन ३१ गते प्रकाशन गरेको थियो । नतिजाको प्रकाशन भए पनि सफल उम्मेदवारलाई नियुक्ति दिएको थिएन ।
अस्पतालले सफल उम्मेदवारहरुलाई बढिमा एक हप्ताभित्र अस्पतालमा नियुक्ति लिनका लागि प्रशासन शाखामा सम्पर्क राख्न सूचित गरेको हो । हेटौंडा अस्पतालले विभिन्न पदमा एक सय ४३ जना करार कर्मचारीको माग गरेको थियो ।