Home मुख्य समाचार मन्त्री भण्डारीले गरे हेटौंडा सिमेन्ट, कपडा र मयुरधाप औद्योगिक क्षेत्रको निरिक्षण (तस्वीरहरु)

मन्त्री भण्डारीले गरे हेटौंडा सिमेन्ट, कपडा र मयुरधाप औद्योगिक क्षेत्रको निरिक्षण (तस्वीरहरु)

मयुरधाप औद्योगिक क्षेत्रको निरिक्षणको क्रममा खिचिएको तस्वीर ।

हेटौँडाः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले हेटौंडा सिमेन्ट, हेटौंडा कपडा उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् । मन्त्री भण्डारीले शनिबार जिर्ण अवस्थामा रहेको कपडा उद्योग र बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगको निरिक्षण गरेका हुन् ।

शनिबार विहान ९ बजे हेटौंडा सिमेन्ट उद्योग मन्त्री भण्डारीले त्यसलगत्तै हेटौंडा कपडा उद्योगको निरिक्षण गरेका थिए । मन्त्री भण्डारी सहित सत्तापक्षका मुख्य सचेतक एवम् मकवानपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद महेश कुमार बर्तौला, बागमती प्रदेशकी उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ लगायतले उद्योगको निरिक्षण गर्नु भएको थियो ।

कोइला अभावका कारण बन्द अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योगको बारेमा संचालक समितिका अध्यक्ष नरेन्द्र भण्डारी, उद्योगका महाप्रवन्धक बसन्त कुमार पाण्डेले व्रिफिङ गरेका थिए भने मन्त्री भण्डारीले उद्योगको संचालक समितिका पूर्व अध्यक्ष, ट्रेड यूनियनका प्रतिनिधिहरुसंग छलफल समेत गर्नु भएको थियो ।

उता जिर्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योगका बारेमा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी निमित्त प्रमुख संगिता कुंवरले जानकारी गराउनु भएको थियो् । मन्त्री भण्डारीले हेटौंडा–१४ स्थित मयुरधाप औद्योगिक क्षेत्रको पनि निरिक्षणका गर्नु भएको थियो । । सो औद्योगिक क्षेत्रका बारेमा औद्योगिक क्षेत्र व्यवस्थापन वोर्डका कार्यकारी निर्देशक पदम ओलीले जानकारी गर्नु भएको थियो । ।

Exit mobile version