Home मुख्य समाचार पूर्वविद्यार्थीद्वारा बालवोध माविलाई ९५ हजार पाँच सय सहयोग

पूर्वविद्यार्थीद्वारा बालवोध माविलाई ९५ हजार पाँच सय सहयोग

बालबोध माध्यमिक विद्यालय ।

हेटौँडाः हेटौँडा–१७, हटियामा रहेको बालवोध माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले विद्यालयलाई सहयोग गरेका छन् । हाल जापान, कोरिया र नेपालमै बसोबास गरिरहेका विद्यालयका पूर्वविद्यार्थीले विद्यालयलाई ९५ हजार ५ सय सहयोग गरेको विद्यालयका सहायक प्राध्यापक छवि सुवेदीले जानकारी दिनुभयो ।

विद्यालयका पूर्वविद्यार्थी हाल कोरियामा रहेका लालसिंह थिङ र हाल जापानमा रहेका निशान्त अधिकारी, प्रताप राई, सन्ध्या ढुङ्गाना, अर्जुन अर्याल, स्वस्तिका अधिकारी, दिनेशलाल श्रेष्ठ, फते प्रसाद दङ्गाल, विश्वास डंगोल, सुमन श्रेष्ठ, प्रशान्त श्रेष्ठ, नमिता श्रेष्ठ, शान्त बहादुर श्रेष्ठ, मनिषा श्रेष्ठ र सुनिता दंगालले संयुक्त रूपमा विद्यालयलाई ८५ हजार नगद सहयोग गरेका हुन् ।

यसअघि पनि विद्यालयका पूर्वविद्यार्थीहरु हाल कोरियामा रहेका सुभाष कार्की र नेपालमै बसोबास गरिरहेका सृष्टि कठायत, गौरी लामा, रञ्जना अधिकारी र पूजा गौतमले संयुक्त रुपमा नगद रु. १० हजार पाँच सय रुपैयाँ विद्यालयलाई सहयोग गरेको सुवेदीले बताउनुभयो । सहयोग बापतको रकमले विद्यालयलाई दैनिक रुपमा आवश्यक पर्ने भौतिक सामग्री खरिद गर्ने उहाँले जानकारी दिनुभयो । विद्यालयमा साँस्कृतिक कपडा, म्युजिक सिस्टम आदिको खरिद पर्ने उहाँले जानकारी दिनुभयो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ४ सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version