Home मुख्य समाचार १९५० ग्राम अफिमसहित पदमबहादुर थिङ पक्राउ

१९५० ग्राम अफिमसहित पदमबहादुर थिङ पक्राउ

हेटौंडाः काठमाडौंको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण व्यूरोको विशेष टोलीले आइतबार दिउँसो लागूऔषध अफिमसहित मकवानपुरका पदमबहादुर थिङलाई नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो २ बजेको समयमा विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण व्यूरोको विशेष टोलीले हेटौंडा–११, थानाभर्‍याङबाट मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–३ का ३५ वर्षीय पदमबहादुर थिङलाई १ किलो ९ सय ५० ग्राम लागूऔषध अफिमसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले पदम बहादुर थिङलाई लागूऔषध अफिमसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएकोमा आवश्यक अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Exit mobile version