Home मुख्य समाचार मकवानपुरका सांसद बर्तौला सत्तारुढ दलको मुख्य सचेतकमा नियुक्त

मकवानपुरका सांसद बर्तौला सत्तारुढ दलको मुख्य सचेतकमा नियुक्त

हेटौँडाः मकवानपुरबाट निर्वाचित सांसद महेश बर्तौला सत्तारुढ दलको मुख्य सचेतकमा नियुक्त हुनुभएको छ । नेकपा एमालेबाट मकवानपुरको क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद बर्तौला बुधबार सत्तारुढ दलको मुख्य सचेतक नियुक्त हुनुभएको हो ।

प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधबार मुख्य सचेतक पदमा मनोनित गर्नुभएको हो । नेकपा एमाले संसदीय दलको विधान २०७७ तथा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा ऐन २०७३ अनुसार सांसद बर्तौलालाई मुख्य सचेतकमा नियुक्त गरिएको हो । बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरेको हो ।

सांसद बर्तौलाले सोही ऐनले निर्धारण गरे अनुसारको सेवा सुविधा पाउनुहुनेछ । मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने व्यवस्था रहेको छ । मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ । बर्तौला यसअघि एमालेको प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । उहाँ यसअघि एमालेको सचेतक पनि हुनुभयो । तत्कालिन एमालेका प्रमुख सचेतक पदम गिरी मन्त्री बन्नुभएपछि बर्तौलालाई प्रमुख सचेतक नियुक्त गरिएको थियो ।

Exit mobile version