Home समाचार मास्क प्रयोग नगर्ने १२८ जना नियन्त्रणमा

मास्क प्रयोग नगर्ने १२८ जना नियन्त्रणमा

हेटौंडाः मास्क प्रयोग नगर्ने एक सय २८ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका तथा भाइरसको संक्रमणबाट बच्न र बचाउन महत्वपूर्ण हुने मास्क प्रयोग नगर्नेलाई प्रहरीले नियन्त्रणमा लिई जनही एक सय रुपैयाँ जरिवाना गरी छाडेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराको निर्देशन बमोजिम असार १६ गतदेखि १८ गतेसम्म मास्क प्रयोग गर्ने सम्बन्धी सूचना प्रशारण गरी लगातार ३ दिनसम्म सचेतना अभियान संचालन गरिए तापनि सोको अवज्ञा गरी बिना मास्क व्यवसाय संचालन गर्ने व्यापारी, सवारी चलाउने चालक, पैदल हिडडुल गर्ने पैदल यात्रीहरू मध्ये एक सय २८ जनालाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत जरिवाना गराइएको बारा प्रहरीले जनाएको छ ।

Exit mobile version