Home मुख्य समाचार बज्रबाराही स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्था घोषणा

बज्रबाराही स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्था घोषणा

जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा सम्मानित बज्रबाराही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई सम्मान गरिँदै ।

हेटौँडाः मकवानपुरको थाहा नगरपालिका–६ स्थित बज्रबाराही स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य चौकी घोषणा भएको छ । न्यूनतम सेवा मापदण्ड सम्बन्धी समिक्षा कार्यक्रममा ९६ प्रतिशत अंक हासिल गर्दै बज्रबाराही स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य चौकी घोषणा भएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

सुशासन व्यवस्थापन (९८ प्रतिशत), टेलिकम सेवा व्यवस्थापन (९६ प्रतिशत) र स्वास्थ्य चौकी सेवा व्यवस्थापन (९५ प्रतिशत) मा पर्ने विभिन्न विधामा उच्च अंक प्राप्त गर्दै सर्वोत्कृष्ट भएको हो । जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको दुई दिने कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले समीक्षा प्रस्तुतीकरण गर्नु भएको थियो । जनस्वास्थ्य कार्यालय मकवानपुरकी अधिकृत शिखा भुजेलका अनुसार जिल्लाको ११ वटा स्वास्थ्य संस्थाले ८५ प्रतिशतभन्दा बढी अंक हासिल गरेका छन् ।

यस्तै, १८ वटा स्वास्थ्य संस्थाले ७० प्रतिशतदेखि ८४ प्रतिशत, १३ वटा स्वास्थ्य संस्थाले ५० देखि ६९ प्रतिशत अंक हासिल गरेकोमा एउटा स्वास्थ्य संस्थाले ५० प्रतिशत भन्दा कम अंक प्राप्त गरेको छ । कार्यालयले स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्डलाई हरियो, निलो, पहेँलो र सेतो गरी ४ वटा वर्गमा छुट्याएको छ । हेटौँडा उपमहानगरपालिकातर्फ चौघडाको हेटौँडा स्वास्थ्य चौकी उत्कृष्ट घोषणा भएको छ ।

जिल्ला, पालिकास्तरमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानपछि खिचिएको सामूहिक तस्वीर ।

यस्तै, थाहा नगरपालिकाको बज्रबाराही स्वास्थ्य चौकी, कैलाश गाउँपालिकाको भार्ता स्वास्थ्य चौकी, राक्सिराङ गाउँपालिकाको काँकडा स्वास्थ्य चौकी, भीमफेदी गाउँपालिकातर्पm भैंसे स्वास्थ्य चौकी उत्कृष्ट घोषणा भएको छ । इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरी स्वास्थ्य चौकी, मकवानपुरगढी गाउँपालिकाको मकवानपुरगढी स्वास्थ्य चौकी, बकैया गाउँपालिकाको शिखरपुर स्वास्थ्य चौकी र बागमती गाउँपालिकातर्पm बेतिनी स्वास्थ्य चौकी उत्कृष्ट घोषणा भएको छ ।

Exit mobile version