Home कला बुद्ध जयन्ती

बुद्ध जयन्ती

मानस्वी पुडसैनी कक्षा–७, बालजागृति इंग्लिस सेकेण्डरी स्कुल, हेटौँडा–२

भगवान पनि आए बुद्ध मायादेवीको काखमा
चार दिशामा सात कदम चाली सिद्धार्थ लुम्बिनीमा
खुसीले भरिपूर्ण हुने थियो उहाँको जीवन
तर बाहिरी दुःखले छोयो उहाँको मन
छोडिदिए राजदरबारको सुख र चयन
खोज्न थाले मार्ग जसमा थियो ज्ञान, महल छोडी गए

भगवान आत्मज्ञानको खोजीमा
पुगे ग गुरुको शरणमा ज्ञान लिँदै घुम्न थाले ध्यान र
साधनामा पाए उनले आत्मज्ञान बोधिवृक्षको फेदमा
उनी थिए ज्ञानी र भए महान संसारलाई सिकाए
उनले पाएको ज्ञान उनको मन कोमल र शुद्ध
थियो उनी शान्तिको प्रतिक गौतम बुद्ध

Exit mobile version