Home मुख्य समाचार सरकार टाट पल्टने अवस्थामा छः सांसद खड्का

सरकार टाट पल्टने अवस्थामा छः सांसद खड्का

बागमती प्रदेशसभा सदस्य श्याम खड्का

हेटौँडाः बागमती प्रदेशसभा सदस्य श्याम खड्काले नेपाल सरकार टाट पल्टने अवस्थामा रहेको टिप्पणी गर्नुभएको छ । नेपाल सरकारको कुल बजेट भन्दा वैदेशिक ऋण बढी रहेको उहाँले बताउनु भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा ७ वटा मन्त्रालयको विनियोजन विधेयक माथि छलफल गर्दै कांग्रेस सांसद खड्काले नेपाल सरकारको बजेट १८ खर्ब रहेको र वैदेशिक ऋण २४ खर्ब रहेको बताउनुभयो । यथास्थिती रहेको खण्डमा सरकार आर्थिक रुपमा टाट पल्टने निश्चित रहेको उहाँले बताउनुभयो ।

‘सरकारको बजेट अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ।, देशमा ऋणको भार थपिदै गएको छ । सरकारको आय छैन । व्यय मात्र बढिरहेको छ । उत्पादनमुखि कार्यक्रम ल्याउन सरकार असक्षम बनेको छ ।’ उनले भने ‘ बागमती प्रदेश सरकारको बजेट बालुवामा पानी खनाए सरह रहेको छ । सरकारको बजेटमा स्पष्ट कार्यक्रम छैन । सरकारको बजेट उपलब्धी हिन क्षेत्रमा लगानी भइरहेको छ ।’

उहाँले बागमती सरकारको खर्च गर्ने सामर्थ नरहेको बताउनुभयो । प्रदेश सरकारले हरेक वर्ष ६६ प्रतिशत मात्र बजेट खर्च गर्दै आएको उहाँको भनाई छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा १२ अर्व बजेटको कार्यक्रम समावेश नभएको उहाँको भनाई छ ।

प्रदेश सरकारले अर्थ मन्त्रालयमा अवण्डामा राखिएको ४ अर्व बजेटको उद्देश्य के हो ? उनले प्रश्न गरे । ‘सो बजेटको स्पष्ट योजना र कार्यक्रम समावेश गर्न नसक्नुको कारण के हो ?’ उहाले भन्नुभयो ।

Exit mobile version