Home मुख्य समाचार सांसद र मन्त्रीहरु ठेकेदार बनिरहेका छन्ः उपनेता तामाङ

सांसद र मन्त्रीहरु ठेकेदार बनिरहेका छन्ः उपनेता तामाङ

बागमती प्रदेशसभा सदस्य एव् राप्रपा बागमती प्रदेश संसदीय दलका उपनेता गिर बहादुर तामाङ

हेटौँडाः बागमती प्रदेशसभा सदस्य एव् राप्रपा बागमती प्रदेश संसदीय दलका उपनेता गिर बहादुर तामाङले सांसद र मन्त्रीहरु ठेकेदार बनिरहेको बताउनुभएको छ । उहाँले संसदीय भूमिका छाडेर प्रदेश सभा सदस्यहरु बजेटको हिसाब किताब र भागबण्डामा केन्द्रित भएको बताउनुभएको हो ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको ६ वटा मन्त्रालयको विनियोजन माथि छलफल गर्नुहुँदै उपनेता तामाङले सांसदहरुले नागरिकलाई डिप्रेसनमा पुग्नेगरी टर्चर दिइरहेको आरोपसमेत लगाउनुभयो । उहाँले सांसदहरुलाई सर्कसको जोक्करसँग तुलना गर्नुभएको छ । ‘१३ जिल्लाका ११९ वटा पालिका रहेको बागमती प्रदेशमा हाम्रा मन्त्रीहरुले एउटा मात्र वडामा विकास बजेट पठाइएको छ । त्यसको लागि धन्यवाद । अहिले सांसद र मन्त्री ठेकेदार बनिरहेका छन् । संसदीय भूमिकामा रहने सांसदहरु बजेट कार्यक्रममा मात्र केन्द्रित भएको छ’, उहाँले भन्नुभयो, ‘सांसदहरुले बजेट मात्र ध्यान दिएर हुँदैन । नीति कानुन निर्माणमा सांसदको ध्यान दिन जरुरी रहेको छ ।’

उहाँले बजेट विनियोजनको समयमा भौगोलिक समानुपातिक विषयलाई ध्यान दिनुपर्ने बताउनुभयो । बजेट विनियोजन र विकास प्रणाली पौराणिक भागबण्डा भन्दा पनि डिजिटल युगको प्रयोगमा अग्रसर हुनुपर्ने उहाँको भनाई छ ।

Exit mobile version