Home मुख्य समाचार जङ्गली च्याउ खाँदा गम्भीर बिरामी दलबहादुरको मृत्यु

जङ्गली च्याउ खाँदा गम्भीर बिरामी दलबहादुरको मृत्यु

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–७, दुगुवाङमा जङ्गली च्याउ खाएर गम्भीर बिरामी भएका दलबहादुर प्रजाको मृत्यु भएको छ । च्याउ खाँदा गम्भीर बिरामी भएका ५५ बर्षीय दलबहादुर प्रजाको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको वडा अध्यक्ष रामबहादुर प्रजाले जानकारी दिनुभएको छ ।

आइतबार बिहान ६ बजेको समयमा दल बहादुरले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा परिवारका ४ जना बिरामी छन् । जङ्गली च्याउ खाएर बिरामी परेका पाँचै जनालाई उपचारका लागि चितवन लगिएकोमा उपचारको क्रममा दल बहादुरको मृत्यु भएको हो । जङ्गली च्याउ खाँदा ४५ वर्षीया जालीमाया प्रजा, १५ वर्षीया रेन्जु प्रजा, ८ वर्षीया सविना प्रजा र १० वर्षीय सुसन प्रजा बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिरामी चारै जनाको अवस्था सामान्य रहेको वडाअध्यक्ष प्रजाले जानकारी दिनुभएको छ ।

Exit mobile version