Home कला विद्यार्थी माझ सामाजिक सञ्जालको प्रभाव (निबन्ध)

विद्यार्थी माझ सामाजिक सञ्जालको प्रभाव (निबन्ध)

सचित कुमार यादव कक्षा–१०, सोलिड्यारिटी इन्टरनेशन स्कूल, हेटौंडा–१०

आफ्नो इच्छा भावनालाई प्रस्तुत गर्ने, एकअर्कासँग कुराकानी गर्ने, विज्ञान र प्रविधिको अन्तर्गत रहेको माध्यम नै सामाजिक सञ्जाल हो । जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक आदि । आजको युग भनेको विज्ञान र प्रविधिको युग हो । यो युगका प्रायः व्यक्तिहरु सामाजिक सञ्जालमा जोडिएर एक अर्कासँग अन्तरक्रिया गर्छन् । त्यसैगरी विद्यार्थी भनेको एक सानो बालक हो, जसले विद्यालयमा गई ज्ञान आर्जन गर्दछ । आजका विद्यार्थीहरु समेत सामाजिक सञ्जालमा जोडिएको पाइन्छ । विद्यार्थीहरुको सिकाई प्रक्रियादेखि व्यक्तिगत जीवनमा सामाजिक सञ्जालले थुप्रै सकारात्मक र नकारात्मक असर पारेको छ ।

सामाजिक सञ्जालमा हामी जस्ता युवाहरुले थुप्रै समय बिताइरहेको हन्छौँ । आफ्नो इच्छा लेख्न, कुनै घटनाको तस्बिर अपलोड गर्न, एकअर्कासँग कुराकानी गर्न, छलफल गर्न आदिका लागि हामी सामाजिक सञ्जालको प्रयोग गर्छौँ । साथै मनोरञ्जनका निम्ति पनि सामाजिक सञ्जालको प्रयोग गर्छौँ । अहिलेको युगमा सामाजिक सञ्जालले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । मानिसको दैनिक जीवनमा प्रवेश गरी मानिसको कार्यलाई सहज बनाएको छ । यस्ता सामाजिक सञ्जालले मानिसले घरमै बसी–बसी अरुको बारेमा थाहा पाउने, विश्वभरका गतिविधिबारे जानकारी पाउने योग्य बनाएको छ । यस्ता सामाजिक सञ्जालले सामाजिक सञ्जाल अजित भन्ने केटाले टिकटकको लतमा लागेर टिकटक बनाउन खोला गएकाले उसको निधन भएको थियो । विद्यार्थीहरुको मस्तिष्कमा असर पारेर विद्यार्थी जिवनमा यसले धेरै नकारात्मक असर पारेको छ ।

हामी विद्यार्थी हौँ । हरेक कुराको सकारात्मक र नकारात्मक असर हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यो कुरा थाहा भएपनि हामी विद्यार्थी सचेत छैनौँ । अहिलेको युग विज्ञानको युग भएकाले सामाजिक सञ्जालको उपयोग गर्नु छ । तर समय मिलाएर हामी विद्यार्थीले सामाजिक सञ्जालको प्रयोग गर्न सक्छौँ । अति आवश्यक भए मात्र यस्ता सञ्जालको उपयोग गर्ने बानीको उत्थान गर्नु पर्छ ।

सामाजिक सञ्जालमा धरै बेर समय बितायौं भने हाम्रो पारिवारिक सम्बन्ध टाढा भएकाले यस्तो कहिल्यै गर्न हँुदैन । वास्तविक संसारमा समय बिताई आफ्नो उज्यालो भविष्य निर्माण गर्नपर्छ । अतः हामी सबै विद्यार्थीले यस्ता नकारात्मक असर पर्ने कार्य नगरी आफु समेत आफ्नो परिवारका लागि समय निकाल्नुपर्छ । साथै समय समयमा हामी विद्यार्थीले सामाजिक सञ्जाल विरुद्ध कार्यक्रममा भाग लिई यसको नकारात्मक असरबाट बच्नुपर्छ ।

Exit mobile version