Home मुख्य समाचार असार मसान्तसम्म १० प्रकारका आयुर्वेदिक औषधीको उत्पादन हुने

असार मसान्तसम्म १० प्रकारका आयुर्वेदिक औषधीको उत्पादन हुने

हेटौँडाः बागमती प्रदेश सरकारमातहतको आयुर्वेद औषधी केन्द्रले असार मसान्तसम्ममा १० प्रकारका आयुर्वेदिक औषधी उत्पादन गर्ने भएको छ । बागमती प्रदेशलाई आत्मनिर्भर बनाउने भन्दै प्रदेश सरकारले जडिबुटिको उत्पादन र प्रशोधन गर्ने औषधी केन्द्रको स्थापना गरेको थियो । चितवन जिल्लाको रत्ननगर नगरपालिकामा रहेको आयुर्वेद औषधी केन्द्रले औषधी उत्पादन सुरु गर्न लागेको बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका प्रशासक खगेश्वर गेलालले जानकारी दिनुभएको छ ।

औषधी उत्पादन गर्नका लागि मन्त्री परिषद्ले अनुमति दिइसकेको छ । यस्तै, आयुर्वेद औषधी केन्द्रले आर्थिक वर्ष २०८१/०८२ मा २३ प्रकारका औषधीको उत्पादन गर्ने लक्ष्य राखेको छ । मन्त्रालयले जनसङ्ख्या नीति बनाउने कार्यमा गरिरहेको गेलालले बताउनुभयो । मन्त्रालयले चालु आर्थिक बर्ष २०८०/८१ मा कुल ३३ वटा गतिविधि गर्ने योजना बनाएकोमा हालसम्म २९ वटा गतिविधि सम्पन्न गरिसकेको जनाएको छ ।

गेलालका अनुसार मन्त्रालयले १० बर्षदेखि १४ बर्ष उमेर समूहका किशोरकिशोरीहरु दिने भनेको हुय्मन प्यापिलोमाभाईरसको खोप दिन नसकेको, महिलाहरुको पाठेघरको मुखको क्यान्सरसम्बन्धी कार्य गर्न नसकेको, मस्तिष्कघातसम्बन्धी योजनाका लागि छुट्याइएको २ करोड बजेटको कार्यान्वयन गर्न नसकेको र महामारीजन्य रोग प्रतिकार्यका लागि क्षमता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न नसकेको बताइएको छ ।

आगामी आर्थिक बर्ष २०८१/०८२ मा मन्त्रालयले कुल २५ वटा बुँदामध्ये नसर्ने रोग र मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । यस विषयमा सरोकारवालासँग समन्वय गरिने उहाँको भनाई छ । बागमती प्रदेशले सरकारी तथा माध्यमिक तहसम्म पढाई हुने ४ सय ८४ वटा विद्यालयमा नर्स राख्ने भएको छ । विद्यालय नर्स मार्फत विद्यार्थी, अभिभावक, शिक्षक र हरेक घरसम्म स्वास्थ्यका विभिन्न पक्षका बारेमा सन्देश पु¥याएर स्वस्थ जीवनशैली बन्ने उहाँको विश्वास छ ।

मन्त्रालयले सबै नीतिमा स्वास्थ्य नीतिहरु पास गरेको उहाँको भनाई छ । मन्त्रालयले लोपोन्मुख जनजाति महिलाले स्वास्थ्य संस्थामै प्रसुती सेवा लिन आएर पूण खोप लगाएमा ५ हजार रुपैयाँ नगद प्रोत्साहन गरिरहेको छ । यस्तै, हालसम्म ख वर्गमा शारीरिक अशक्त व्यक्ति, लोपोन्मुख सिमान्तकृत, आश्रममा आश्रित, महिला स्वास्थ्य सवयम्सेविकाहरुलाई पूर्ण बीमा दिने गरिएकोमा आगामी बर्ष गरिब दलितलाई पनि समावेश गर्ने बाताइएको छ ।

Exit mobile version