Home अर्थ/व्यापार सेल पेबाट भुक्तानी गर्ने भाग्यमानीलाई बुलेट बाइक

सेल पेबाट भुक्तानी गर्ने भाग्यमानीलाई बुलेट बाइक

हेटौँडाः ईन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना सेवाको भुक्तानी अनलाइन सेवा सेल पेबाट गर्ने मध्ये एकजना भाग्यमानीलाई बुलेट बाइक दिने भएको छ । ईन्टरनेट टिभि सेवा समेत प्रदान गर्दै आएको क्लासिक टेकले सेल पेसँगको साझेदारीमा अफर ल्याएको हो । पछिल्लो समय सर्वसाधारणमा स्मार्ट फोनमार्फत अनलाइन नै भुक्तानी गर्ने प्रचलन बढेसँगै यस्ता अफरहरु आउने क्रम बढेको छ ।

क्लासिक टेकका नयाँ तथा पुराना ग्राहकले इन्टरनेट टिभिको शूल्क सेल पेबाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत रोयल इनफिल्ड क्लासिक मोडलको ३३० सीसीको बुलेट बाइक जित्न सक्ने जनाइएको छ । यसका साथसाथै हरेक महिना म्याकबुक, आइ प्याड र एप्पल वाच जित्ने अवसर पनि रहेको क्लासिक टेकले जनाएको छ ।

यस अफरमा पुराना ग्राहकका लागि रिचार्ज अफरमा ३२५ एमबीपीएससहित २०० प्लस एचडी र एसडी च्यानल रहेको इन्टरनेट टिभि ७९९ रुपैयाँ प्रतिमहिनामा उपलब्ध गराउने बताइएको छ । यस्तै नयाँ ग्राहकका लागि २०० एमबीपीएस इन्टरनेट ३ महिना ३ हजार ३ सय रुपैयाँमा राउटरसहितको प्याकेज रहेको कम्पनीले जानकारी गराएको छ । उक्त अफरहरु आउने कार्तिक मसान्तसम्म रहने कम्पनीले जनाएको छ ।

Exit mobile version