Home मुख्य समाचार ग्याँस बुलेटको ठक्करबाट एकको मृत्यु, एक घाइते

ग्याँस बुलेटको ठक्करबाट एकको मृत्यु, एक घाइते

हेटौंडाः पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा सवारी दुर्घटनामा ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान मनहरी–९, रजैयास्थित पुर्व–पश्चिम सडक खण्डमा भारतीय सवारी (एलपीजी ग्यास बोकेको) ग्याँस बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुुसार शुक्रबार बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको एएस–२५ डीसी ०२१२ नम्बरको भारतीय सवारी (ग्याँस बुलेट)ले विपरित दिशातर्फबाट जाँदै गरेको ग ७ प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा सवार कास्कीको पोखरा महानगरपालिका–११ की ३३ वर्षिय निर्मला अधिकारी रहेकी छिन् । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार अधिकारी गम्भीर घाइते हुनुभएको थियो । उनको उपचारको क्रममा हेटौंडा–११ स्थित चितवन मेडिकल कलेज चुरेहिल अस्पतालमा मृत्यु भएको प्रवक्ता भण्डारीले बताउनुभयो । दुर्घटनामा मृतक अधिकारीको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको थियो ।

ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक ३१ वर्षीय सुवास गुरुङ घाइते हुनुभएको छ । उहाँको चितवन मेडिकल कलेज चुरेहिल अस्पताल हेटौंडामा उपचारका भइरहेको छ ।

ग्यासँ बुलेट चालक भारतको विहार राज्या पटियार थाना सदियान सुदमीका ३७ वर्षीय मनिन्द्र कुमार दासलाई नियन्त्रण लिइएको प्रवक्ता भण्डारीले बताउँनुभयो । घटनाबारे थप अनुसन्धान गरिरहेकोे उहाँको भनाई छ ।

Exit mobile version