Home मुख्य समाचार निशुल्क लेखापालन तालिम सम्पन्न

निशुल्क लेखापालन तालिम सम्पन्न

डा. शंकरप्रसाद उपाध्यायलाई सम्मान गर्नुहुँदै मन्त्री कुमारी मोक्तान ।

हेटौँडाःहेटौँडा–२ स्थित मकवानपुर बहुमखी क्याम्पसमा निशुल्क लेखापालन तालिम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको तालिम १० दिनसम्म सञ्चालन भएको थियो । अखिल क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष अभ्युदय खनालको सभाध्यक्षता तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा तालिमको समापन कार्यक्रम भएको हो ।

तालिम समापनको अवसरमा मकवानपुर बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायलार्ई सम्मान गरिएको छ । उपाध्यायलाई रुदाने स्मृति उत्कृष्ट शैक्षिक सम्मान २०८१ बाट सम्मान गरिएको हो । १० दिनसम्म सञ्चालन भएको लेखा तालिममा सहभागी भएका विद्यार्थीलार्ई प्रमाणपत्र वितरण गरिएको थियो । यस्तै बीबीए सातौं सेमेस्टरमा नेपाल टप गर्ने ओशन प्रसाद भण्डारी र तेस्रो हुने सुमीना तिमल्सिनालार्ई पनि सम्मान गरिएको छ । लेखा तालिममा सहभागी विद्यार्थीलार्ई किशोर अर्यालले प्रशिक्षण दिनुभएको हो । तालिमा क्याम्पसका १ सय २० जना विद्यार्थी सहभागी थिए ।

क्याम्पसका विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै र प्रयोगात्मक ज्ञानको विकास गराउने लक्ष्य लिएर तालिमको आयोजना गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला सचिव वीरबहादुर घलान, क्याम्पस प्रमुख डा. यम बहादुर सिलवाल, स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस कमिटीका अध्यक्ष छोइसाङ लामा तामाङको उपस्थिति रहेको थियो ।

Exit mobile version