Home मुख्य समाचार नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा विष्णु दाहाल निर्विरोध निर्वाचित

नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा विष्णु दाहाल निर्विरोध निर्वाचित

हेटौंडाः नेकपा (एकीकृत समाजवादी) मकवानपुरको नवौँ अधिवेशनले विष्णु दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको छ । दाहाल यसअघि पनि जिल्ला अध्यक्ष रहनुभएको थियो ।

शनिवार र आइतबार हेटौंडामा भएको पार्टीको नवौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटीको उपाध्यक्षमा कल्पना विक, सचिव ध्रुव भुजेल तथा उपसचिवमा टंक मुक्तान, कबिन पन्त र बेगम बराल निर्विरोध निर्वाचित भएका छन् । यो कमिटीको कार्यकाल तीन वर्षको रहनेछ । जिल्ला कमिटीमा एक उपाध्यक्ष र एक सदस्य पछि मनोनयन गरिने भएको छ ।

शनिवार पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

Exit mobile version