Home स्वास्थ्य छुटेका १८४९ बालबालिकालाई खोप लगाइँदै

छुटेका १८४९ बालबालिकालाई खोप लगाइँदै

शनिबार हेटौंडा–१, चौकीटोलस्थित मजदुर यातायात बोर्डिङ स्कूलमा स्थापना गरिएको खोप केन्द्रमा दादुरा रुबेला विरुद्धको खोप लगाउन बालबालिकासहित आएका अभिभावकहरु ।

हेटौंडाः जेठ २९ गतेदेखि असार ६ गतेसम्मको तालिकामा नसमेटिएका हेटौंडा उपमहानगरपालिकाका १ हजार ८ सय ४९ बालबालिकालाई दादुरा रुबेला विरुद्ध खोप लगाइने भएको छ । जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन भएको खोप कार्यक्रममा ११ हजार २६ बालबालिकालाई खोप लगाइएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाले १२ हजार ८ सय ७५ जना बालबालिकालाई खोप लाउने लक्ष्य राखेकोमा त्यस मध्ये छुटेका १ हजार ८ सय ४९ बालबालिकालाई मंगलबार र बुधबार खोप लगाउन सुरु गरिएको आयुर्वेद तथा जनस्वास्थ्य शाखाका प्रमुख रमन झाले बताउनुभयो । उपमहानगरका १९ वटै वडाको १०६ वटा खोप केन्द्र मार्फत छुटेका बालबालिकालाई खोप लगाइने झाले बताउनुभएको छ ।

दादुरा रुबेला विरुद्धको खोप ९ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई लगाइन्छ । लकडाउनका कारण बजार क्षेत्रका बालबालिका अभिभावकसँगै गाउँ गएकाले धेरै बालबालिका छुटेको खोप कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीको भनाइ छ ।

Exit mobile version