Home कला साहित्य संगमले १४ जना स्रष्टालाई सम्मान गर्ने

साहित्य संगमले १४ जना स्रष्टालाई सम्मान गर्ने

साहित्य संगम

हेटौंडाः साहित्य संगम मकवानपुरले १४ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । शनिबार संगमको ३४२ औं नियमित साहित्य सन्ध्याको अवसरमा १४ जना स्रष्टालाई सम्मान गर्न लागेको साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभयो ।

साहित्य संगम मकवानपुरले २०८० सालमा मकवानपुर जिल्लामा रहेर कृतिहरु प्रकाशित गरेका स्रष्टालाई सम्मान गर्न लागेको हो । सम्मान कार्यक्रम संगम तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा हुनेछ । स्रष्टालाई सम्मानपत्रसहित सम्मान गरिनेछ । कार्यक्रममा स्रष्टा र उपस्थित हुने कृतिकारहरुले रचना वाचनसमेत गर्नेछन् ।

कार्यक्रममा साहित्य माटोको मोहबाट तुलसी घिमिरे, महाशबाट मुना अर्याल, अकिञ्चनका आर्तहरुबाट देवराज खरेल, घुम्दै फिर्दैबाट जनार्दन खनाल, अनुत्तरित प्रश्नबाट समीर पाख्रिन, जुनेलीबाट पुरुषोत्तम आचार्य, बैकिङ क्षेत्रमा बढेका पाइलाहरुबाट सुदर्शन अधिकारी, अन्तर्दृष्टिबाट बिशन पौडेल, व्यथाभित्रको कथाबाट श्यामप्रसाद श्रेष्ठ, म कथा भन्छु नि लबाट सीएम रिमाल, हार्न नसक्ने मान्छे मबाट गणेशकुमार तिमल्सिना, प्रारम्भिक संस्कृत व्याकरणबाट उदिम पन्त, पल्लवित पाइलाबाट कृशु अर्याल र मेकिङ इट इजीबाट आदर्श पौडेललाई सम्मान गरिनेछ ।

Exit mobile version