गैंडाकोट (नवलपुर)ः गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखराबाट प्रकाशन हुँदै आएको आदर्श समाज राष्ट्रिय दैनिकको २९औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । गैंडाकोटस्थित शाखा कार्यालयमा आदर्श समाज राष्ट्रिय दैनिकका सम्पादक कृष्णप्रसाद बास्तोलाको अध्यक्षता तथा पोखरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति पदमराज ढकालको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह भएको हो ।
वार्षिकोत्सवको अवसरमा पूर्वसहकर्मी शिरोमणि बराल, चिन्तामणि पौडेल र सूर्यप्रकाश कँडेललाई सम्मान गरिएको थियो ।