Home मुख्य समाचार बैशाख २२ गतेदेखि अन्तरकलेज फुटसल प्रतियोगिता हुँदै

बैशाख २२ गतेदेखि अन्तरकलेज फुटसल प्रतियोगिता हुँदै

फाइल तस्बीर

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा अन्तर कलेजस्तरीय फुटसल च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ । बुधबार एन्फाका प्रवक्ता सुरेश साहले एक सूचना जारी गर्दै प्रतियोगिताबारे जानकारी दिनुभएको हो ।

बैशाख २२ गतेदेखि जेठ ५ गतेसम्म हुने प्रतियोगिता लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा सहभागी हुने कलेजहरुलाई आठवटा समूहमा विभाजन गरेर लिगकम नकआउट प्रणालीमा खेल सञ्चालन गरिने जनाइएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँ र उपविजेता टिमले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको अनुशासित खेलाडीलाई ५० हजार रुपैयाँ तथा अन्य विधागत उत्कृष्ट खेलाडीहरुलाई २५–२५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता आयोजनाका लागि ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको एन्फाले जनाएको छ । प्रतियोगितामा सहभागी हुन २० हजार रुपैयाँ दर्ता शुल्क लाग्नेछ । प्रतियोगितामा ब्याच्लर र प्लस टुमा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ ।

Exit mobile version